त्रिविले भन्यो– यही अवस्थामा परीक्षा हुँदैन

काठमाडौँ : कोभिड १९ को सङ्क्रमण तीव्र गतिमा बढेपछि त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ ।

यसअघि बन्दाबन्दी खुलेसँगै आगामी भदौ १६ गतेदेखि सेमेस्टर र असोजको पहिलो सातादेखि वार्षिक परीक्षाको तयारी गिरएको थियो । तर लकडाउन खुला गरिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेपछि त्रिविले नोटिस जारी गर्दै परीक्षा स्थगित गरेको हो । कोरोनाको प्रकोप सामान्य भएपछि मात्रै परीक्षा सञ्चालन गरिने त्रिविले जनाएको छ ।

लकडाउन खोलिएसँगै भदौ १ गतबाट लामो दूरीका यातायातका साधन सञ्चालनमा आउने भन्दै सरकारले त्रिविलाई परीक्षाको तयारी गर्न भनेको थियो तर सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायातका साधन चल्न नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :