कोरोनाविरुद्ध अभियान र बीआरआई परियोजना सँगसँगै : चीन

काठमाडौँ : चीनले नेपालसँग मिलेर आपसी सहमतिहरूलाई व्यवहारमा उतार्ने र जारी कोभिड १९ महामारीविरुद्धको सहयोगलाई निरन्तर बढाउने बताएको छ ।

बेइजिङमा बिहीबार पत्रकार सम्मेलन गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लीचेनले वान बेल्ट वान रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको निर्माण, व्यापार तथा लगानी सहायता, प्रतिरक्षा, कानुन कार्यान्वयनलगायत द्विपक्षीय सम्बन्धको विकासलाई अघि बढाइने बताए ।

साथै चाउले चिनियाँ बृहत् परियोजना बीआरआईमा ठोस उपलब्धि हासिल गर्न नेपालसँगको सहकार्यलाई अघि बढाइने पनि बताए ।

दुई देश चीन र नेपाल नदी र पहाडले जोडिएका मैत्रीपूर्ण छिमेकी भन्दै उनले गत वर्ष दुई मुलुकका राष्ट्रप्रमुखले गरेको भ्रमण र भेटले दुई मुलुकको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए । साथै प्रवक्ता चाउले नेपाल र चीन एउटै डुङ्गामा रहेका मुलुक भएकाले कोरोना महामारीविरुद्ध आपसी हातेमालो गर्दै अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :