कोरोनाको केन्द्र बन्दै काठमाडौँ, शिक्षण अस्पताल सिल

काठमाडौँ : सरकारले लकडाउन खुलाएसँगै बाहिरबाट भित्रिनेको सङ्ख्या ह्वात्तै बढेपछि काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको उच्च जोखिममा परेको छ । काठमाडौँ उपत्यकाका हरेक ठाउँमा कोरोना सङ्क्रमितहरू भेटिएका छन् । कोरोना बढेपछि काठमाडाैँ उपत्यकामा बिहीबारबाट आवतजावतमा रोक लगाइएको छ । कोरोना बढेको भन्दै गृह मन्त्रालयले अन्तरजिल्ला पास पनि बन्द गर्न आदेश गरेको छ ।

तर अत्यावश्यक सामान बोकेका गाडीलाई भने आवतजावतमा रोक लगाइनेछैन । काठमाडैँमा दैनिक सयभन्दा बढी कोरोना सङ्क्रमनका नयाँ केसहरू थपिइरहेको बेला यस्तो निर्णय गरिएको हो ।

यसैबीच काठमाडौँ महाराजगन्जस्थित टिचिङ अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । अस्पतालका दुई डाक्टरसहित सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको हो । अस्पताल प्रशासनका अनुसार आकस्मिक कक्षका दुई डाक्टर, चारजना नर्स र एकजना सवारी चालकमा पनि कोरोना सङ्क्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :