नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नजिक

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएका ९ हजार ५ सय ५९ परीक्षणमा ५ सय २५ जनामा नयाँ संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

बिहीबार काठमाडौँ उपत्यकामा मात्र १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत काठमाडौँमा १ सय ११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई पराजीत गर्नेको संख्या १ सय ९ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भने नेपालमा ९५ पुगेको छ ।

यस्तै विश्वभरी कोरोना संक्रमितको संख्या २ करोड ८ लाख ३६ हजार ९ सय १५ पुगेको छ भने मृत्यु हुनेको संख्या ७ लाख ४७ हजार ८ सय ७८ पुगेको छ । निको हुनेको संख्या भने १ करोड ३७ लाख २९ हजार ३ सय ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :