अमेरिका धुजाधुजा हुनुको कारण अक्षम तेतृत्व

काठमाडौँ : विश्वभरि नै निकै चासोका रूपमा लिइने अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा अमेरिका अशान्त त बनेकै छ, वर्तमान राष्ट्रपतिको बेढङ्गको कार्यशैलीका कारण उनको सम्भावित पुनरागमनका बारेमा पनि शङ्का व्यक्त हुने गरेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिका डेमोक्र्याटिक उम्मेदवार जोन बाइडेन र कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्प अक्षम नेता भएको बताएका छन् ।

उनीहरूले ट्रम्प अक्षम हुँदा अमेरिका धुजाधुजा हुँदै गएको पनि बताएका छन् । अमेरिकाको डेलवरस्थित विल्मिङ्टनमा भएको चुनावी सभामा बाइडेन र ह्यारिसले ट्रम्पको चर्को आलोचना गरेका हुन् ।

बाइडेनले ट्विट गर्दै ह्यारिसको नाम उपराष्ट्रपतिमा घोषणा गरेका थिए । त्यसको भोलिपल्ट आयोजित कार्यक्रममा दुईजना सँगै चुनावी अभियानमा सामेल भएका थिए ।

चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै बाइडेनले क्यालिफोर्नियाकी सिनेटर ह्यारिस अमेरिकाको प्रमुख पार्टीका तर्फबाट राष्ट्रपति चुनावमा उपराष्ट्रपतिका रूपमा प्रस्तुत हुने पहिलो अश्वेत महिला रहेको बताए ।

बाइडेनपछि आफ्नो सम्बोधनका क्रममा ह्यारिसले राष्ट्रपतिको जिम्मेवारी समाल्न योग्न नै नरहेको व्यक्तिलाई निर्वाचित गर्दा अमेरिकाको अवस्था खस्किएको भन्दै ट्रम्पको कडा आलोचना गरेकी थिइन् ।

आउँदो नोभेम्बर ३ मा हुने तय भएको अमेरिकी राष्ट्रपतिको निर्वाचन हुनुअगावै ट्रम्पले उपराष्ट्रपतिकी उम्मेदवार ह्यारिसलाई असभ्य तरिकाले हमला गर्न थालेका छन् । अघिल्लो चुनावमा पनि ट्रम्पले आफ्नी प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई यस्तै असभ्य तरिकाले हमला गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :