पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न महासङ्घको माग

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्यु रहस्यमय भएको भन्दै छानबिन गर्न सरकासँग माग गरेको छ । महासङ्घका महासचिव रमेश बिस्टले बुधबार शोकविज्ञप्ति जारी गर्दै तीन दशकदेखि पत्रकारितामा संलग्न रहेका बानियाँको निधन रहस्यमय भएको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

सोमबार दिउँसोदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन अवस्थामा रहेका बानियाँको काठमाडौँको बल्खु खोलामा बगेर निधन भएको हो । बल्खुस्थित तरकारी बजारनजिकै पुलमुनिबाट बगेर बेपत्ता भएका बानियाँको शब मङ्गलबार बिहान मकवानपुरको सिस्नेरीस्थित मान्डो जलविद्युत् परियोजना क्षेत्रमा फेलापरेको थियो । मृतक बानियाँ नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :