रुसले तयार पारेको कोरोनाविरुद्धको खोपप्रति आशा र शङ्का मिश्रित प्रतिक्रिया

काठमाडौँ : रुसले कोरोना भाइरसविरुद्धको खोप तयार पारेको घोषणा गरेपछि विश्वभरि नै मिश्रित प्रतिक्रिया आएका छन् । मङ्गलबार रुसी राष्ट्र«पति भ्लादिमिर पुटिनले आफ्नो देशका स्वास्थ्य वैज्ञानिकहरूले कोरोनाविरुद्धको कोप तयार पारेको भन्दै आफ्नी छोरीले समेत उक्त खोप लगाएको जानकारी दिएपछि त्यस्ता प्रतिक्रिया प्राप्त भएका हुन् ।

कोरोनाविरुद्धको खोप तयार पारेको रुसी घोषणापछि अमेरिका, जर्मनी, फ्रान्स, स्पेनलगायत देशले उक्त कुराप्रति शङ्का व्यक्त गरेका छन् । तर कतिपय देशहरूले रुसको सफलता स्वागत गर्नयोग्य भएको बताएका छन् । फिलिपिन्सका राष्ट्र«पति रोड्रिगो डुटेर्टेले आफैँले उक्त खोपको परीक्षण गर्ने बताउँदै रुसी कार्यको स्वागत गरेका छन् । उनले रुसले बनाएको कोरोनाविरुद्धको खोपप्रति आफ्नो विश्वास रहेको भन्दै यो मानवजीवनका लागि निकै असल सन्देश भएको बताए । उनले यसको उत्पादन भरपूर भएमा आफ्नो देशले किन्नका लागि सम्झौता गर्न गर्न तयार रहेको बताएका छन् ।

यस्ता क्रिया–प्रक्रियाबीच रुसले भने कोरोनाविरुद्धको खोप विकासमा आफ्नो देशको सफलता देखेर चिन्ता गर्नेहरूले अविश्वास गरेको बताएको छ । साथै रुसले आगामी साता ठूलो परिमाणमा खोप परीक्षण गर्ने घोषणासमेत गरेको छ ।

रुसको उक्त घोषणापछि अमेरिकी डलरमा समेत केही उतारचढाव देखिएको थियो जसको कारण नेपाली बजारमा पनि त्यसको प्रभाव परेको थियो र १ लाख १ हजार रहेको सुनको मूल्य एकै दिन ६ हजारबाट घटेर ९५ हजारमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :