नेपालमा कोरोनाबाट एकै दिन ८ जनाको मृत्यु

काठमाडौँ : नेपालमा कोरोनाका कारण एकै दिन ८ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण बुधबार मात्र देशका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९१ पुगेको छ ।

बुधबार काठमाडौँ टेकुकी ७८ वर्षकी महिला, धादिङ्का ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ वर्षकी महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ बुढीगङ्गाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा ४ सय ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमध्ये उपत्यकामा मात्र थप १ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४ सय ८४ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :