नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार नाघ्यो, मृत्यु हुनेको सङ्ख्या ९१

काठमाडौँ   : पछिल्लो २४ घन्टामा नेपालमा ४ सय ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमध्ये उपत्यकामा मात्र थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४ सय ८४ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ४ सय ३२ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :