डोटीमा ३ र बुटवलमा २ को मृत्यु

काठमाडौँ : डोटीको पूर्वीचौकी गाउँपालिकामा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस पुर्वीचौकी १ फुलौटमा दुर्घटनामा परेको हो ।

घटनास्थलमा घाइतेहरुको उद्धार गर्न नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली पुगेको जनाएको छ । बस सडकबाट ३० मिटर तल खसेको र सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरीको अनुमान छ ।

यसैबीच गएराति बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेली छन् । मृतकहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि उनीहरुको परिक्षण भने नगरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :