अदालतले भन्यो– भट्टलाई लगानी बोर्डको सीईओको काम गर्न नदिनू

काठमाडौँ : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मङ्गलबार साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषद्को उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

लगानी बोर्डमा नामुद बिचौलियमा भनेर चिनिएका भट्टको योग्यता नपुगेको भन्दै अधिवक्ता जयबहादुर भुजेलले उनीविरुद्ध पुनरावेदनमा रिट दायर गरेका थिए । भट्टको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत, सिफारिस समितिलगायतलाई विपक्षी बनाई रिट दायर गरिएको थियो ।

यसअघि सरकारले राज्यकोषमा ठूलो घाटा लगाएका र ठूलाठूला ठेक्कापट्टाहरु अलपत्र पारेको आरोप लागेका बिचौलिया भट्टलाई नेताहरूको खल्तीबाट नियुक्त गरिएको भन्दै सरकारी कदमको सर्वत्र आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :