नेपालमा २४ घन्टामा ६ सय ३८ नयाँ सङ्क्रमित

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ३८ कोरोना सङ्क्रमणका नयाँ केस थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना सङ्क्रमित भेटिएका हुन् । यो सँगै कोरोना भाइरसको कुल सङ्क्रमित सङ्ख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । यीमध्ये काठमाडौँ उपत्यकामा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३४ रहेको छ । यसैबीच विश्वभरि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २ करोड नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या साढे सात लाख नजिक छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :