प्रशान्तलाई बिनासर्त तत्काल रिहा गर : नेकपा काभ्रे

काठमाडौँ : नेकपाका काभ्रेले विज्ञप्ति जारी गरी यही २२ गते जिल्लाको रोशी गाउँपालिका ५ बाट पार्टीका काभ्रे जिल्ला सदस्य प्रशान्तलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै खेद तथा भत्र्सना गरेको छ । प्रशान्तलाई तत्काल बिनासर्त तत्काल रिहा गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

पार्टी सेक्रेटरी प्रकाशले जारी गरेको विज्ञप्तिमा निर्दोष कार्यकर्ताको रिहाइका लागि पहल गरिदिन कानुन व्यवसायी, सञ्चारकर्मी, मानवअधिकारकर्मीलगायतलाई आग्रह गरिएको छ ।

प्रकाशको विज्ञप्तिमा भनिएको छ, ‘राज्यको यस किसिमको गिरफ्तारी, हत्या र दमन स्वयम् सामाजिक फासिवादी केपी वली सरकारलाई नै भारी पर्दै जानेछ । हेक्का रहोस्, सत्ताको फासिस्ट र दमनकारी यी दिनहरू सधैँ तिम्रो अनुकूल रहिरहने छैनन् ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :