नेकपाका नेता ओमप्रकाश पुन कारागार चलान


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ लाई कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीले ५० हजार धरौटी खुलाएको भए पनि प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि उनी धरौटी नबुझाएरै कारागार चलान भएका हुन् ।

जिल्ला अदालत कैलालीमा सोमबार न्यायाधीश जयानन्द पनेरूको एकल इजलासले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका नेता पुनले बाहिर पुनः गिरफ्तारीका लागि प्रहरी तैनाथ भएका कारण कारागार गएको बताए । उनलाई कैलालीको फूलबारीबाट असार ३१ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

उनीसँगै गिरफ्तारीमा परेकी उनकी श्रीमती अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी सेती–महाकाली संयोजक पूर्णिमा धामीलाई भने सामान्य तारिखमा रिहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :