डोटीमा घर भत्किँदा चारजनाको ज्यान गयो


काठमाडौँ : डोटीको आदर्श गाउँपालिका १ बाँझककानी खलगडामा तीनतले घर भत्किँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् ।

गएराती करिब एक बजे घर भत्किँदा घरमा सुतिरहेका ३२ वर्षीय लोगे विककी श्रीमती बिस्ना विक, एक छोरा र दुई छोरीसहित ४ जनाको मृत्यु भएको हो ।

लोगे, उनकी आमा र एक छोरी भने घाइते भएका छन् । यस्तै घरमा पाहुना आएकी लोगेकी सासूआमा र साला पनि घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :