नेपालमा कोरोना संक्रमणबाट ७९ जनाको मृत्यु, ३३८ नयाँ संक्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ३ सय ३८ जनामा नयाँ संक्रमित थपिएका छन् । सोमबार गरिएका ८ हजार ४ सय ३२ नमुना परीक्षणको रिपोर्टपछि थप ३ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

यसैबीच प्रमुख विपक्षीदल नेपाली काङ्ग्रेसले कोरोना संक्रमण नियन्त्रणमा वली सरकार असफल भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राम्राभन्दा पनि आफ्ना मान्छे नियुक्त गर्ने सरकारको प्रबृत्तिले कार्यसम्पादनमा फितलो भएको बताएको काङ्ग्रेसको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :