किसान हिक्मत चौधरीलाई रिहा गर : नेकपा

काठमाडौँ : कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं ७ को वडा कार्यालयमा हालै भएको आगजनीको घटनाको आरोपमा प्रहरीले एकजना किसानलाई गिरफ्तार गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै नेकपा कञ्चनपुरका इन्चार्ज सहदेवले वडा कार्यालयमा भएको आगजनीको घटनामा आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई किटानी जाहेरी दिनुका साथै स्थानीय किसान हिक्मत चौधरीलाई गिरफ्तार गरेको उल्लेख गरेका छन् । साथै उनले आपराधिक घटनाहरूमा पनि फरक राजनीतिक आस्थाका आधारमा आफ्नो पार्टीका नेता–कार्यकर्ता र सर्वसाधारण नागरिकलाई फसाउने कार्य नगर्न प्रशासनलाई आग्रह गरेका छन् ।

साथै विज्ञप्तिमा आफ्नो पार्टीले गरेका सवै प्रकारका सङ्घर्षका कार्यक्रमहरूको जिम्मा लिने गरेको स्मरण गराउँदै उक्त घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारिएको छ । गिरफ्तार गरिएका सर्वसाधारण चौधरीलाई बिनासर्त रिहाइको माग पनि विज्ञप्तिमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :