अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ ।

कास्कीको पोखरा महेन्द्रपुलस्थित मेडिकल लाइनमा रहेको ओम नर्सिङ होमबाट बास्तोलासहित अर्का एकजना स्थानीय तीर्थ बुढाथोकीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई आइतबार अस्पतालमा गएको बेला गिरफ्तार गरिएको हो । बास्तोला सहिदपुत्र भएको पनि बताइएको छ ।

यसैबीच पोखराको सिर्जनाचोकमा पनि विद्रोही नेकपा कार्यकर्ता बसेको भन्दै विद्यार्थी बस्ने कोठामा प्रहरीले खानतलासी गरेको खबर छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :