बुद्ध जन्मस्थलबारे भारतले फेरि झिक्यो बखेडा, नेपाल सरकारद्वारा खण्डन

काठमाडौँ : भारतमा नक्कली कपिलवस्तु खडा गरेर कपिलवस्तु नाम दुरुपयोग गरेको भारतले बुद्धबारे अर्को विवाद जन्माउने कोसिस गरेपछि नेपालले त्यसको प्रतिवाद गरेको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करले दिल्लीको एक कार्यक्रममा बुद्धलाई महान् भारतीय भनेपछि नेपाल सरकारले आइतबार आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्दै बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको छ ।

केही समयपहिले नेपाल भ्रमणको बेला यहाँको संसद्लाई सम्बोधन गर्ने बेला बुद्धको जन्मभुमि देश नेपाल भनेका भारतीय प्रधानमन्त्री मोदीले भारतीय लोकसभा चुनावका बेला बुद्धको जन्म भारतको बिहारमा भएको बताएका थिए । नेपालको राज्यसंयन्त्र, राजनीतिक दल, नेपाली भूमिमा समेत लगातार हस्तक्षेप गर्दै आएको भारतले बुद्ध भारतमा जन्मिएका हुन् भनेर नेपालको संस्कृतिमा पनि हस्तक्षेप गर्ने कोसिस गरेको हो ।

बुद्ध भारतमा जन्मेका हुन् भन्ने भारतीय विदेशमन्त्रीको उक्त भनाइ नेपालका प्रधानमन्त्रीले अयोध्या भूमिबारे दिएको अभिव्यक्तिको जबाफमा आएको हुनसक्ने अनुमान गरिएको थियो ।

नेपाल सरकारको उक्त जबाफपछि भारतीय विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमै जन्मिएको भनेर स्पष्टीकरण दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले प्रेस विज्ञप्ति जारी गरेर बुद्ध नेपालमा जन्मिएको कुरामा कुनै शङ्का नभएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :