लगानी बोर्डका सीईओ भट्टलाई झड्का

काठमाडौँ : राज्यको सम्पत्ति क्षति पुर्याउने काम गरेका र एक नम्बर बिचौलिया भनेर चिनिएका सुशील भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेपछि उनीविरुद्ध पाटन अदालतमा रिट निवेदन पेस भएको छ । प्रधानमन्त्री तथा सत्ताधारी नेकपाका नेताहरूलाई प्रभावमा पारेर लगानी बोर्डको कार्यकारी अधिकार हत्याएका तिनै भट्टको योग्यता नपुग्ने दाबीसहित उच्च अदालत पाटनमा रिट निवेदन पेस भएको हो ।

आइतबार अधिवक्ता जयबहादुर भुजेलले लगानी बोर्डको सीईओ हुनका लागि भट्टको योग्यता नपुग्ने दाबीसहित निवेदन पेस गरेका हुन् ।

उक्त रिट निवेदनमा स्वच्छ छवि भएका, योग्यता पुगेका र अनुभवी व्यक्तिलाई नियुक्त गर्न र भट्टको नियुक्ति बदर गर्न माग गरिएको छ । हालै सरकारले बोर्डको प्रमुखमा नियुक्त गरेका भट्टमाथि विभिन्न ठेक्काहरू अलपत्र पारेको र राज्यलाई ठूलो घाटा लगाएको आरोप छ । तिनै बिचौलियालाई लगानी बोर्ड हात लगाएको भन्दै सरकारी कदमको चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :