नेकपाका केन्द्रीय सदस्यको घरमा अदालतले टाँस्यो पक्राउ पुर्जी


काठमाडौँ : नेकपाका केन्द्रीय सदस्य तथा धौलागिरि ब्युरो इन्चार्ज ध्रुव घिमिरे ‘विप्लव’ का नाउँमा म्याग्दी जिल्ला अदालतले पक्राउ पुर्जी टाँसेको छ ।

‘पक्राउ पुर्जीबमोजिम उपस्थित हुन आउने सूचना’ नाउँमा अदालतद्वारा जारी पक्राउ पुर्जीमा भनिएको छ, ‘म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. २ ज्यारुककोट बस्ने खड्कबहादुरको छोरा अ वर्ष ३३ को विप्लव भन्ने ध्रुव घिमिरेको नाउँमा श्री म्याग्दी जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी ।’

पुर्जीमा लेखिएको छ, ‘प्रहरी प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाईंसमेत भएको सार्वजनिक भौतिक संरचना विनास गरेको मुद्दामा तपाईंले कसूर गरेको भनी अभियोगपत्र पेस भएको हुँदा तपाईंको नाउँमा यो पक्राउ पुर्जी जारी गरिएको छ । पक्राउ पुर्जीबमोजिम उपस्थित हुन सूचित गरिएको छ ।’

सरकारले पछिल्ला दिनमा नेकपाका नेता–कार्यकर्तालाई धमाधम गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर हिरासत र जेलमा पठाउने क्रम बढाएसँगै नेकपा नेताका नाउँमा यसरी पुर्जी जारी गरिएको हो । नेकपाले भने देश कोरोना भाइरसको सङ्क्रमणको चपेटामा पर्दै गएको र बाढीपहिरो तथा डुबानले अस्तव्यस्त भइरहेको समयमा सहायता तथा उद्धारमा खटिएका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरी झूट्टा मुद्दा लगाएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :