कोरोनाका संक्रमण बढ्न थालेपछि काठमाडौँमा कडाई

काठमाडौँ : नेपालमा शुक्रबार थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । यता कोरोनाको केन्द्र बन्ने खतरा रहेको काठमाडौँं उपत्यकामा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको केन्द्र बन्दै गएपछि काठमाडौँमा साउन २५ गते देखि भदौ ८ गतेसम्मको लागि अत्यावश्क कामबाहेक अन्य सेवा बन्दहुने भएको छ । अत्याधिक भिडभाड हुने स्थानहरुमा कडाई गरिएको छ ।

शुक्रबार बसेको उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौँ उपत्यकामा कोरोना संक्रमित धेरै देखिएका ठाउँमा सिलगर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :