पहिरोमा परि ज्यान गुमाउनेप्रति नेकपाद्धारा श्रद्धाञ्जली

काठमाडौँ : अविरल बर्षापछि आएको पहिरोमा परि ज्यान गुमाउने बैतडीको डिलाशैनी गाउँपालिका वार्ड नं. ४ का ४० वर्षीय पशुपति बोहरा उनका १२ वर्षीय छोरा रिकेशप्रति नेकपाले श्रदाञ्जली ब्यक्त गरेको छ ।

नेकपाका बैतडी इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पहिरोमा परि ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना ब्यक्त गरेका हुन् ।

विज्ञप्तिमा देशैभरीको बाढीपहिरोबाट प्रभावित भएकाहरुको उचित ब्यवस्थापन, उद्दार र राहतकोलागि सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :