कोरोनाबाट १ जना र पहिरोमा परि २ जनाको मृत्यु

फाइल तस्बिर

काठमाडौँ : अविरल बर्षापछि आएको पहिरोमा परी बैतडीमा २ जनाको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले घर पुरिँदा डिलाशैनी गाउँपालिका ४वर्षीया पशुपति बोहोरा र उनका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको हो ।

उता विराटनगरमा कोरोनाको लक्षण देखिएका १ जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पतालमा मृत्यु भएका ति ब्यक्तिमा निमोनिया र स्वाश्प्रवासको समस्या भएको बताइएको छ । ति ब्यक्ति एक हप्तादेखि कोरोनाको लक्षणसहितको विरामी हुँदा पनि उनको कोरोना परिक्षण गरिएको छैन ।

त्यसैगरी धरानको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक जनाको मृत्यु भएको छ । बिहीबार राती कोरोना संक्रमित सिरहाको एक युवकको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :