राजनीतिक आस्थाका आधारमा शिक्षकमाथि विभेद नगर

काठमाडौँ : अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समिति चितवनले कोरोना महामारी र बन्दाबन्दीको अवस्था देखाएर विद्यालय व्यवस्थापन समितिहरूले शिक्षकहरूलाई कामबाट हटाएको भन्दै आफ्नो सङ्गठनको ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्गठनका चितवन अध्यक्ष हीरामणि चापागाईंले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई कुनै राजनीतिक आग्रह–पूर्वाग्रह नराखी काम गर्न विद्यालयहरूलाई आग्रह गरेको छ ।

उक्त विषयमा गाउँपालिका र नगरपालिकाहरूले पनि चासो नदेखाएको भन्दै शिक्षक सङ्गठनले शिक्षकहरूका समस्या समाधानका लागि सबैलाई आग्रह गरेको छ ।

बिहीबार जारी सङ्गठनको प्रेस विज्ञप्तिमा चितवनको भरतपुर महानगरपालिकाको स्थानीय राजपत्रमा उल्लेख गरिएको शिक्षक दरबन्दी मिलान र विद्यालय संमायोजन कार्य अगाडि बढाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :