भारतसँगको विवादित क्षेत्र समेटेर पाकिस्तानले नयाँ नक्सा जारी गर्यो 

एजेन्सी : पाकिस्तानले भारतसँग विवादित रहेका क्षेत्रहरु जम्मू र कश्मीरलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । गतबर्ष भारतले कश्मीरलाई दिइरहेको विशेष राजनैतिक र संवैधानिक हैसियत खारेज गरेको एक वर्षपछि पाकिस्तानले ति भूगोललाई समेटेर नयाँ नक्सा जारी गरेको हो । पाकिस्तानको नयाँ नक्सामा भारतको गुजरात राज्यमा रहेका जुनागढ तथा सर क्रिकलगायतका भू–भाग पनि समेटिएका छन् ।

नयाँ राजनीतिक नक्सा जारी गरेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी सरकारको उक्त निर्णयको सबै विपक्षी दल तथा कश्मीरको नेतृत्वले स्वागत गरेको बताएका छन् । दुई देशले आ–आफ्नो भूमि दाबी गर्दै आएका ति क्षेत्रहरुमा पाकिस्तानले संयुक्त राष्ट्रसङ्घको प्रस्ताव अनुरूप जनमत सङग्रह हुनुपर्ने बताउँदै आएको छ ।

दुवै देशले आ–आफ्नो दाबी गरेका कारण ति क्षेत्रहरुमा दुई देशबीच बेलाबेलामा हिसांत्मक झडपहरु हुँदै आएका छन् । भारतले भने पाकिस्तानको उक्त कदमलाई हास्यास्पद् राजनीतिक अभ्यास भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :