लेबनान विस्फोटमा ७० को मृत्यु, चार हजार घाइते


काठमाडाैँ : लेबनानको राजधानी बेइरुतमा भएको शक्तिशाली विस्फोटमा परी ७० जनाको मृत्यु भएको छ भने ४ हजार मानिस घाइते भएका छन् । विस्फोटका कारण कैयौँ भवनहरू ध्वस्त भएका छन् । विस्फोटपछिको भग्नावशेषमा कैयौँ मानिसहरू अझै च्यापिइरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गोदाममा ६ वर्षदेखि भण्डारण गरी राखिएको अमोनियम नाइटे«टनामक विस्फोटक पदार्थ विस्फोट भएपछि उक्त घटना भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । विस्फोटको आवाजज २ सय ४० किलोमिटर टाढासम्म सुनिएको थियो । घटनापछि त्यहाँका राष्ट्रपतिले ट्विट गरी उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन् ।

सन् २००५ मा भएको बम विस्फोटमा परी त्यहाँका पूर्वप्रधानमन्त्री रफिक हरिरी मारिएका थिए । उक्त हत्याकाण्डमा संलग्न भनिएका ४ जना अभियुक्तको मुद्दाको सुनुवाइपछि फैसला सुनाउन लागेको बेला उक्त विस्फोट भएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :