मेलम्चीमा पहिरोमा पुरिएका सबैको मृत्यु भयो

काठमाडौँ : गएराती सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –११ मा पहिरोमा पुरिएका ९ जनामध्ये ८ जनाको मुत्यु भएको छ । बर्षापछि आएको पहिरोमा परि कभर्ड हल बनाउने ९ मजदुर बसेको घर पहिरोले पुरिएका थिए । प्रहरीले एकजनालाई जिवितै उद्धार गरेको थियो भने हराइरहेका ८ जनाको शव फेला परेको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा वीरगञ्जका प्रदिप चौरसिया, बिक्रम थिङ, राजेश चौधरी, मानबहादुर रुम्बा, सिमन घलान, शिवबालक धामी, सोनम लामा र राजेन्द्र चौरसियाको मृत्यु भएको छ । राजेन्द्र चौरसिया भारतीय नागरिक हुन् । यस अघि असार २४ गते सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढीपहिरोमा २० जना वेपत्ता भएका थिए । उनीहरु अहिलेसम्म फेला परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :