पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा ८ जना बेपत्ता


काठमाडौँ : पटकपटक बाढीपहिरोको चपेटामा परेको सिन्धुपाल्चोकको मेलम्ची ११ मा ८ जना बेपत्ता भएका छन् । गएराती २ बजे आएको पहिरोमा पुरिएर ८ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा राजेन्द्र चौरासिया, सोनाम लामा, विक्रम थिंङ, शिवबालक धामी, सन्दीप चौरासिया, सिमन घलान, मानबहादुर रुम्बा र राजेन्द्र चौधरी छन् भने पहिरोमा पुरिएका बारु शाहलाई प्रहरीले जीवीतै उद्धार गरेको छ ।

कभर्ड हल निर्माणमा खटिएका कामदारहरू एकै ठाउँमा सुतेको बेलामा राती पहिरो झरेर पुरेको थियो ।

पहिरोमा पुरिएकाहरूको खोजी प्रयास जारी रहेको प्रहरीले बताएको छ । उद्धारकार्यमा नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । यसअघि असार २४ गते सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढीपहिरोमा २० जना बेपत्ता भएका थिए । उनीहरू अहिलेसम्म फेलापरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :