बक बेन्कन र डग हर्ली अन्तरिक्षबाट सफलतापूर्वक पृथ्वीमा ओर्लिए


अन्तरिक्ष केन्द्रमा पुगेको दुई जना अन्तरिक्ष यात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा सफलतापूर्वक अवतरण गरेका छन् । स्पेस एक्स ड्रयागन क्याप्स्युल नाम दिइएको उक्त अन्तरिक्ष यानबाट फर्केका ती अन्तरिक्ष यात्री पश्चिमी फ्लोरिडाको दक्षिणतर्फमा रहे गल्फ अफ मेक्सिकोमा अवतरण गरेका थिए । उनीहरू पानीमा अवतरण भएपछि स्पेस एक्स मिसन कन्ट्रोलले स्टेसनमा बसेकाहरूले ताली बजाएर स्वागत गरेका थिए र भनेका थिए, ‘स्पेस एक्स र नासाको टोलीका तर्फबाट पृथ्वीमा पुनः स्वागत छ । स्पेस एक्समा उड्नुभएकोमा धन्यवाद ।’

उनीहरू समुद्रमा अवतरण हुनुपूर्व नै त्यस क्षेत्रमा उनीहरूलाई ड्रयागनबाट निकाल्नका लागि पानीजहाज तैनाथ गरिएको थियो । यान अवतरणका क्रममा चारवटा प्यारासुट प्रयोग गरेर करिब ५६० किलोमिटर प्रतिघन्टाको गतिमा तल झरिरहेको उक्त ड्रयागनको गतिलाई प्यारासुटले समुद्र छुने बेला करिब २४ किलोमिटर प्रतिघण्टामा सीमित गरिएको थियो । पानीमा गति बन्द गरेर तैरिएको ड्रयागनबाट दुई अन्तरिक्ष यात्रीलाई निकालेर स्वास्थ्य परीषण गरी हेलिकोप्टरमा राखिएको थियो । नेपाली समयअनुसार राती १२ः३० मा समुद्रमा अवतरण गरेको उक्त ड्रयागनले विश्वभरिको ध्यान केन्द्रित गरिरहेको थियो । करोडौँ मानिसहरू प्रत्यक्ष हेरिरहेका थिए ।

अमेरिकाले ४५ वर्षपछि पृथ्वीबाट अन्तरिक्षमा पठाएर सफलतापूर्वक यान फर्काएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :