परीक्षा सम्भव नभएको भन्दै विद्यार्थीहरूद्वारा प्रदर्शन

काठमाडौँ : विद्यालयहरूले तयारीबिना नै परीक्षा लिने निर्णय गरेको भन्दै विद्यार्थीहरूले बुटवलमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले कोरोना महामारीपछिको लकडाउनले विद्यार्थीहरू तितरबितर भएको भन्दै तयारीबिना नै परीक्षा लिनु उपयुक्त नहुने बताएका छन् ।

आइतबार बुटवलको पुष्पलाल चोकबाट जुलुस निकालेका विद्यार्थीहरूले ‘कोरोनाको भयले परीक्षा दिने अवस्था छैन, दुर्गमका विद्यार्थीहरूलाई हेरेर निर्णय गरौँ, शिक्षामा बेवास्ता नगरौँ र परीक्षालाई मजाक नबनाऔँ’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

सरकारले कोरोनाका कारण रोकिएका परीक्षाहरू भदौमा सञ्चालन गर्ने तयारी गरिरहेको बेला विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । भदौ १ गतेदेखि विद्यालयहरूले पनि नयाँ भर्नाका लागि तयारी थालेका छन् । नेपालमा कोरोनाको स्थिति भयावह बन्दै जाने खतरा देखिएको भन्दै विद्यालय सञ्चालन भए पनि सानो कक्षाका विद्यार्थीहरूका लागि विद्यालय सञ्चालन गर्न असम्भव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :