राजकुमार चेपाङका परिवारलाई १० लाख, परिवारले शव बुझे

काठमाडौँ : चितवनमा नेपाली सेनाको कुटपिटबाट मृत्यु भएका राजकुमार चेपाङको परिवारले शव बुझेका छन् । मृतक राजकुमार चेपाङका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय भएपछि परिवारले शव बुझेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको कुटाइबाट सख्त घाइते भएका चेपाङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

साउन ४ गते आइतबार चितवनस्थित बाँदरझुल्लाको सुकुमबासी बस्तीका २ वटा घरमा निकुञ्ज प्रशासनले आगो लगाएर खरानी बनाएको थियो भने ८ वटा छाप्रा हात्ती लगाएर भत्काएको थियो ।

माडी नगरपालिका वडा नं. ९ (साबिक आयोध्यापुरी १) मा राष्ट्रिय निकुञ्जका बीचमा रहेको उक्त जग्गामा ३१ वर्षदेखि अर्थात् २०४६ सालदेखि सुकुमबासीहरू बस्दै आएका छन् । त्यहाँ अधिकांश चेपाङ जाति र दुराडाँडाका दुरा जातिका सुकुमबासीहरूको बसोबास रहेको छ । यसअघि पनि उक्त बस्तीमा सरकारले आगो लगाई तोडफोड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :