कोरोना भाइरसबाट भारतमा मन्त्रीको मृत्यु

काठमाडौँ : कोरोना सङ्क्रमणका कारण भारतको उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री कमलारानी वरुणको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि उनलाई उपचारका लागि लखनउको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो ।

गत जुलाई १८ मा कोरोना भाइरसबाट सङ्क्रमित भएकी मन्त्री कमलाको आइतबार मृत्यु भएको हो । उनी एक वर्षपहिले मन्त्री भएकी थिइन् ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३७ हजार ३ सय ६४ पुगेको छ भने अहिलेसम्म १७ लाख ५० हजार ७ सय २३ सङ्क्रमित भएका छन् । यीमध्ये भारतमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या ११ लाख ४५ हजार ६ सय २९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :