सम्पर्क मञ्चको काठमाडौँ–दोलखा भेला

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति समाज अन्तर्गत दोलखा–काठमाडौँको तेस्रो भेला सम्पन्न भएको छ । प्रतिक मगरको प्रमुख आथित्यमा सम्पन्न भेलाले शक्तिको अध्यक्षतामा ११ सदस्यीय काठमाडौँ दोलखा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा देभान्स र सचिवमा चट्टान रहेका छन् । त्यस्तै सदस्यहरुमा राजकुमार, उर्मिला, सृजन, विकास र रोहितलगायत छन् ।

भेलामा सहभागीहरुले वर्तमान केपी सरकार कोरोना संक्रमण नियन्त्रण गर्न असफल भएको भन्दै सरकारले कोरोना महामारी बाढीपहिरो डुबानबाट पीडित नागरिकका समस्या समाधान गर्न पनि नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :