कोरोना कहर : बग्गीखाना सिल, मेयरका परिवारमा सङ्क्रमण

काठमाडौँ : लकडाउन खुला भएपछि कोरोना सङ्क्रमण तीव्र रुपमा बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानाका दुईजनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । प्रहरी जवानमा कोरोना पुष्टि भएपछि बग्गीखाना पूरै सिल गरिएको हो ।

यसैबीच कोरोना सङ्क्रमित वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सराबगीको परिवारका दुई सदस्यसहित ६ जनालाई कोरोना सङ्क्रमण भएको छ । मेयर सराबगीको कन्ट्याक्ट ट्रेसिङमा आएका वीरगन्ज ११ श्रीपुरका १८ र ४५ तथा वीरगन्ज १३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण समुदायमा फैलिएसँगै वीरगन्जमा लगाइएको निषेधाज्ञा विस्तार गरेर पर्सा जिल्लाभरि बनाइएको छ । त्यहाँ अत्यावश्क सवारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

सरकारले कोरोना सङ्क्रमण रोकथामबारे आवश्यक प्रक्रिया पुरा नगरेरै लकडाउन खोलेका कारण पर्सा, विराटनगर, नेपालगन्जलगायत ठाउँहरूमा कोरोना समुदायमा पुगेको छ भने यता काठमाडौँ पनि उच्च जोखिममा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :