भारतीय गृहमन्त्रीलाई कोरोना सङ्क्रमण, अभिताभ बच्चन कोरोनामुक्त


काठमाडौँ : विश्वभर आतङ्क मच्चाएको कोरोना सङ्क्रमणले भारतमा शिक्षामन्त्री कमला रानी वरुणको ज्यान लियो नै, गृहमन्त्रीलाई पनि कोरोना सङ्क्रमण भएको छ । आइतवार नै भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्री शाहले ट्विटमार्फत आफूमा कोरोना भाइरसको सङ्क्रमण भएको र उपाचार गराइरहेको जानकारी दिएपछि उनलाई कोरोना सङ्क्रमण भएको सार्वजनिक भएको हो ।

भारतमा तमिलनाडु राज्यका गभर्नर बनवारीलाल पुरोहितलाई पनि सङक्रमण देखिएको बीबीसी हिन्दीले समाचार स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ । कोरोना भाइरसको उच्च जोखिम देखिएको भारतमा पछिल्लो चौबीस घन्टामा ५४ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । शनिबार त्यहाँ एकै दिन अहिलेसम्मकै उच्च ५७ हजारभन्दा बढी नयाँ सङ्क्रमित देखिएका थिए ।

भारतका प्रख्यात अभिनेता अमिताभ बच्चनले भने कोभिड १९ लाई पराजित गरेका छन् । कोरोना भाइरस सङ्क्रमण भएका ७७ वार्षीय अमिताभ बच्चनले कोरोनालाई जितेर घर फर्किएपछि आइतबार आफूलाई सन्चो भएको ट्विट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :