फ्रेन्च लिगको उपाधि पीएसजीलाई


पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको उपाधि जितेको छ ।

शुक्रबार राति लियोनलाई सडन डेथमा ६–५ ले हराउँदै पीएसजीले लिग कपको उपाधि हात पारेको हो ।

सुरुमा १० पेनाल्टी गोलमा परिणत भएपछि खेल सडन डेथमा परिणत भएको थियो । सडन डेथमा पीएसजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए भने पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाएका हुन् ।

गत शुक्रबार पीएसजीले सेन्ट ईटीएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :