चेपाङहरूको उठीबास लगाउनेप्रति नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवनको राप्तीनगर नगरपालिकाले २०३५ सालदेखि सानो धमिलीमा बसोबास गर्दै आएका चेपाङहरूलाई हरियाली सामुदायिक बनले उठीबास लगाएर अलपत्र पारेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राप्तीनगर नगरपालिकाका इन्चार्ज रक्षा र सेक्रेटरी जीवनले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सोझा र इमानदार चेपाङहरूलाई सत्ताधारीहरूले उठीबास लगाएको भन्दै कुनै विकल्पबिना नै उनीहरूलाई उठीबास लगाउने कार्य गैरन्यायिक भएको बताएको छन् । साथै जनतालाई अमानवीय व्यवहार गरी घरबारविहीन हुने गरी उठीबास गर्ने कार्य तत्काल बन्द गर्न नेकपाले चेतावनी पनि दिएको छ ।प्रेस विज्ञप्ति सहित :

राप्तीनगर नगरपालिका
नगर समिति, चितवन
      चितवनको राप्तीनगर नगरपालिका ३ सानो धमिलीका २०३५ सालदेखि बसोबास गर्दै आएका चेपाङ समुदायलाई शिखर हरियाली सामुदायिक बन समितिले उठाई रमेश चेपाङ, शिवकुमार चेपाङ, बहुदल चेपाङलगायतको परिवारलाई घरबारविहीन बनाई अलपत्र पारिदिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
पहिलो कुरा त वर्तमान दलाल पुँजीवादी सत्ता र सामाजिक फासिवादी सरकारलाई जनताको समस्याप्रति कुनै वास्ता नै छैन । सत्ताधारीहरू पैसा, कमिसनजस्ता लालचमै अल्झिरहेका छन् । सोझा, इमानदार जनतालाई दलाल कमिसनखोरहरूले मनपरी ढङ्गले उठीबास गरिरहँदा पनि सरकार मौन छ । विशेषतः चेपाङ समुदायलाई मनलाग्दी गरी कमाउ धन्दा गर्ने प्रवृत्तिमा लागिपरेको छ । कुनै विकल्पबिना जनतालाई उठीबास लगाउनु गैरन्यायिक विषय हो । यस्ता अमानवीय, निच कामको हाम्रो पार्टी घोर विरोध गर्दछ । जनतालाई अमानवीय व्यवहार गरी घरबारविहीन हुने गरी उठीबास गर्ने कार्य तत्काल बन्द गर्न हाम्रो पार्टी कडा चेतावनी दिन्छ ।
अतः यस्ता कार्य तत्काल बन्द नगरिएको खण्डमा उक्त कार्यमा संलग्न समिति व्यक्तिहरूलाई पार्टी कडा कारबाही गर्न बाध्य हुनेछ ।
इन्चार्ज                                                                                                                     सेक्रेटरी                                                        
रक्षा                                                                                                                          जीवन

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :