सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने  

काठमाडौँ : उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या बढेर गएपछि सर्वोच्च अदालतले आजबाट बन्दी प्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाई स्थगित गरेको छ । उपत्यकामा गरिएको निषेधाज्ञाको समयमा आवत जावतमा समस्या भएको कारण बन्दी प्रत्यक्षीकरण बाहेकका सबै मुद्दा स्थगित गर्नुपरेको अदालतले जनाएको छ ।
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाकै कारण बुधबारको दैनिक पेशीको सुनुवाई समेत स्थगित गरिएको छ । बुधबार काठमाडौँ उपत्यकामा मात्र ३०१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँका २३०, भक्तपुरका २४ र ललितपुरका ४७ सङ्क्रमित रहेका छन् । काठमाडौँ उपत्यकामा देखिएको कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्मकै धेरै हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :