पछिल्लो २४ घन्टामा ८८५ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ८८५ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा निको भएका कोरोना सङ्क्रमितको सङ्ख्या ३८५ रहेको छ । योसँगै कोरानाबाट मुक्त हुनेको कुल सङ्ख्या १९ हजार ५०४ पुगेको छ । बुधबार काठमाडौँ उपत्यकामा मात्र ३०१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँका २३०, भक्तपुरका २४ र ललितपुरका ४७ सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :