बुटवलमा राजनीतिक बन्दीसहित १३ जनालाई कोरोना सङ्क्रमण

काठमाडौँ :  बुटवलको इलाका प्रहरी कार्यालयमा रहेका राजनीतिक बन्दीहरूसहित १३ जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । राजनीतिक आस्थाका कारण पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकलाई कोरोना पोजेटिभ देखिएको बताइएको छ । उनीहरूसँगै विभिन्न अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका बन्दीहरूलाई समेत कोरोना पोजिटिभ देखिएको छ ।
नेकपाका नेता, कार्यकर्ता र पार्टीका शुभचिन्तकसहित हिरासतमा रहेका ३ जनालाई जिल्ला अदालत रूपन्देहीले छाड्न आदेश दिएको थियो । नेकपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई विभिन्न आरोपमा बुटवलबाट पक्राउ गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले आफ्ना नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई पक्राउ गरेपछि झूट्टा मुद्दा लगाएर फसाउन खोजेको भन्दै तत्काल रिहा गर्न माग गरेको थियो ।
हिरासतका बन्दीहरूलाई सङ्क्रमण पुष्टि भएपछि उनीहरूसँग सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा राखिएको बताइएको छ । पछिल्लोपटक प्रहरी हिरासत सुरक्षित नभएको, क्वारेन्टिनहरू मापदण्डअनुसार नभएको, सरकारको चरम लापरबाहीका कारण कोरोना भयावह अवस्थामा पुगेको भन्दै सरकारको सर्वत्र आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :