७० करोड काण्डवाला बास्कोटालाई उन्मुक्ति दिने कोसिस

काठमाडौँ : सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसनको मोलमोलाई गर्दै गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले २०७६ फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।
तर तिनै बास्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिने तयारी गरेको छ । आरोपित बास्कोटाले घुस खाएको भन्ने प्रमाण नपुगेको भन्दै उनलाई उन्मुक्ति दिने कोसीस भएको छ ।
बास्कोटा प्रकरण भएको लामो समय भइसकेको छ। बास्कोटालाई कार्वाहीको माग गर्दै बास्कोटाको घरमा बम प्रहार गरिएको आरोपमा नेकपाका नेताकार्यकर्तालाई गिरफतार पछि जेल हिरासत राखिएको छ । तर बास्कोटालाई उन्मुक्ति दिन ठुलो कसरत भैरहेको छ । जानकारहरुका अनुसार प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र भएकै कारण जव सम्म केपी ओली सत्ता रहन्छन त्यतीवेला सम्म वास्कोटाहरुले उन्मुक्ति पाउनेछन् । बरु अदालती प्रक्रियामा उनलाई सफाई दिने काम हुने छ ।

संसद्को सार्वजनिक लेखा समिमिा समेत सेक्युरिटी प्रिन्टिङसँग सम्बन्धित प्रमाण संकलन गर्दा युरोप भ्रमण, सेक्युरिटी प्रिन्टिङ अनि स्याटेलाइट खरिद योजनाबारे विभिन्न उजुरी परेको थियो । तर उनलाई उन्मुक्ति दिनको लागि सत्ता र शक्तिकै भरमा प्रमाण नपुगेको भनि उन्मुक्ति दिनतिर लागिएको हो ।
प्रधानमन्त्री ओलीका अत्यन्त निकट मानिएका र भक्तपुरको बाटकोटमा रहेको ओलीकै घरमा बसेका बास्कोटाको ७० करोड रुपैयाँ कमिसनको मोलमोलाइ गरेको टेप सार्वजनिक भएपनि उनी साढे जस्तै भएर उल्टो आफनै गल्तीको प्रतिवाद गरिरहेका छन् ।भ्रष्टाचार निवारण सम्बन्धी ऐनको व्यवस्था अनुसार यस्तो प्रकृतीको मुद्धामा १० वर्ष कैद हुन्छ । तर बास्कोटालाई भने सत्ता र शक्तिको पहुचमा उन्मुक्ति दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :