कविता : कोरोनाको कहर

आज विश्व स्तब्ध छ कोरोनाको कारण 
बिनाकसुर लाखौँ मान्छेको लिइसक्यो प्राण
करोडौँमा सङ्क्रमित छ कोरोना रोगले
गरिबहरू मर्ने भए रोगले भन्दा भोकले
सुरु भयो चाइनाबाट फैल्यो जताततै
फैलिसक्यो विश्वभरि अछूत छैन कतै
पार्छ क्यारे कोरोनाले विश्व तहसनहस
नियन्त्रण गर्ने उपायमा चलेको छ बहस
कोरोनाको मुख्य लक्षण ज्वरो, रुघा, खोकी
सावधानी न अपनाए ज्यानै लिने हो कि
साबुनपानीले हात धोएर खाने कुरा खाऊँ
दुःख, कष्ट सहूँ बरु भीडभाडमा नजाऊँ
कोरोना भाइरस रोगले विश्व पार्यो चकित
वैज्ञानिक र डाक्टर पनि हुने हुन् कि थकित
यातायातका साधन पनि सबै भए ठप्प
कलकारखाना सबै ठप्प भाइरस परी पक्क
दिन दुई गुणा, रात चौगुणा रोग फैलिँदै गाछ
पशुबाहेक मानिसहरू जोकोहीलाई थाहा छ
परमाणु बमभन्दा कोरना छ खतरा
वैज्ञानिकको दिमाग घुमाई पार्यो अलपत्र
कहिलेसम्म थेग्ने होला कोरोनाको कहर
रुचाउने भो यो रोगले गाउँघरभन्दा सहर
सरकार पनि लकडाउन गरी बसेको छ ढुक्क
कुन उपायले बाँच्ने होला छैन लेखी सुख्ख ।

९ भदौ, २०७७
तिनाउ ३, पाल्पा

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!