भारतको महाराष्ट्रमा ५ तले घर भत्किदा ६० भन्दा बढि पुरिएको अनुमान

फोटो : बिबिसी हिन्दी

भारतको महाराष्ट्रमा एउटा पाँच तले भवन भत्किँदा ६० भन्दा बढी मानिस पुरिएको आशंका गरिएको छ । रायगढ जिल्लाको महाडमा सोमबार साँझ पाँच तले भवन भत्किँदा भवनभित्र ८० देखि १०० जना सम्म रहेको हुनसक्ने आशंका गरिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार भत्किएको भवनबाट ६० जनाको उद्धार गरिएको र केही मानिस भग्नावशेषभित्र फसिरहेको जनाएका छन् । ४७ वटा फ्ल्याट रहेको भवन हल्लिन लागेको बेला केही मानिसहरु भने घर बाहिर निस्कन सफल भएका थिए । भवन भत्किएको ठाउँमा उद्धारको लागि चारवटा टोली पठाईएको रायगढ जिल्ला प्रशासनले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :