बाढि पहिरो पिडितलाई राहत वितरण गर्दै नेकपा

नेपाल कम्युनिस्ट पार्टी रोल्पा र सल्यानले विभिन्न स्थानमा गएको पहिरोले घरबारविहीन भएका परिवारलाई राहत वितरण गरेको छ ।
नेकपा रोल्पाले गंगादेव गाउँपालिका वडा नं. ४ पाखापानी धरमपानीका दुर्गा वली र पाखापानी गौरानेटाका सुवास बिरहीको परिवारलाई राहत वितरण गरेको छ । उनीहरुको घर माथिबाट आएको पहिरोले घर भत्काउदा खाद्यान्न, लत्ताकपडा गरेर लाखौँको क्षति भएको छ । त्यस्तै रोल्पा र सल्यान दुई जिल्लाको सिमानामा पर्ने सल्यान बागचौर नगरपालिका १२ ओख्रेनी टोल स्थित बिरसिंह डाँगीको दुईवटा घर माथिबाट आएको पहिरोले बगाउदा पूर्ण रुपमा क्षति भएको छ ।
उक्त पहिरो गएको स्थानमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश विक्रम चन्दको नेतृत्वमा एक टोली पुगि पहिरो पीडितहरुलाई भेटेर त्यहाँको अवस्थाको बारेमा जानकारी लिनुका साथै घर पूर्णरूपमा क्षति भएका पीडितहरुलाई राहत वितरण गरेको हो । दुईवटा घर पुर्ण रूपमा क्षति भएका परिवारलाई नेपाल कम्युनिस्ट पार्टी रोल्पा र नेपाल कम्युनिस्ट पार्टी सल्यान १२ नं. एरियाको संयुक्त पहलमा राहत स्वरुप चामल, दाल, नुन, तेल वितरण गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश विक्रम चन्दले पहिरोका कारण घरबार बिहिन भएर वर्षे झरीमा भोकभोकै जोखिमपूर्ण तरिकाले रात बिताइरहेका परिवारलाई रातह विरतरण गरेको बताएका छन् । बर्तमान दलाल सरकारको स्थानी तह कमिसन, भ्रष्टाचार, लुटपाटमा ब्यस्त भएकाले श्रमजीवी जनताको समस्या नदेखेको बताएकाछन् । पहिरोको कारण समस्यामा परेका नागरिकको उद्धार, राहत वितरण, संरचना निर्माण लगाएतका कार्यमा नेता कार्यकर्ता जुट्दै गर्दा प्रशासनले अनावश्यक दुख दिइरहेको पनि उनको भनाई थियो । पहिरो पीडितहरुले राहत पाएपछि आफुहरु खुसी भएको बताएका छन् । दुई तिहाइको सरकारले कुनै वास्ता नगरेपनि नेपाल कम्युनिस्ट पार्टीले आफुहरुको वास्तविक पीडा बुझेर सहयोग गरेकोमा धन्यवाद दिएका छन् । साथै उनीहरुको अब केपी ओली सरकारबाट आशा मरिसकेको र विप्लवले नेतृत्व गरेको पार्टीबाट मात्र आशा गर्ने ठाउँ रहेको बताएका थिए ।
उक्त राहत वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश विक्रम चन्द, पार्टी जिल्ला कमिटी सदस्य महेश, युवा संगठन नेपाल रोल्पाका अध्यक्ष प्रज्ज्वल, उपाध्यक्ष डिल्लीरमण, सचिव बिपिन, कोषाध्यक्ष जय, युवाका जिल्ला कमिटी सदस्य सुरेन्द्र, सल्यान जिल्ला पार्टीका १२ नं. एरियाका अमर लगायत स्थानीय पार्टी कार्यकर्ता, जनताको उपस्तिथि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :