नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार नाघ्यो

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।
काठमाडौँ उपत्यकामा मात्र २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १७७ जना, ललितपुरका ३३ र भक्तपुरका १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोनाले मृत्यु भएको छ योसँगै ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :