नेकपाले भन्यो : जसपामा प्रवेश गरेका व्यक्ति हाम्रो पार्टीका होइनन्

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका कुनै पनि कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश नगरेको भन्दै भ्रममा नपर्न पार्टी पंक्ति र जनतालाई आग्रह गरेको छ । साथै जसपामा प्रवेश गरेका भनिएका व्यक्ति आफ्नो पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेका भन्दै उनीहरुलाई पार्टीले गत बैशाखमै पार्टीबाट निस्कासन गरिसकेको स्पस्ट पारेको छ ।
नेकपाका पार्टीका केन्द्रीय सदस्य तथा नारायण व्युरो इन्चार्ज शितलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको नाम जोडेर यही भदौ ७ गते जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित भएकोप्रति आफ्नो पार्टीको ध्यानाकर्षक भएको बताएका छन् ।
जसपाको विज्ञप्तिमा नेकपाको पूर्वी सैन्य कमान्डर जीवन लामा र प्रल्हाद फुयाल भनि उल्लेख गरिएका  व्यक्ति आफ्नो पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेकोे कुरा नेकपाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै नेकपाको विज्ञप्तिमा जनता समाजवादी पार्टी जिम्मेवार हो भने यस्ता हावादारी दुस्प्रचार गरि भ्रम सृजना नगर्न ध्यानाकर्षण गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :