कोरोना विरुद्ध प्लाज्मा थेरापी

कोरोना भाइरस महामारीलाई निर्मुल पार्ने कुनै प्रकारको खोप को विकास भएको छैन । तर रुस चिन अमेरिका लगातयका देशहरुमा विकास भएका खोपहरुले कोरोना भाइरसका विरामीलाई निको बनाउने कुरामा प्रगति भएको मानिएको छ । यस्तै कोरोना भाइरस संक्रमित हरुको उपचारमा प्लाज्मा थेरापी पनि प्रभाबकारी भएको मानिएको छ । यो विधि भनेको कोरोन संक्रमन भएर निको भएका मानिसहरुको शरिरबाट एन्डी निकालेर भाइरस विरुद्ध प्रयोग गर्ने हो ।
निको भएकाहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध बनेका एन्टीबडीलाई अरू बिरामीमा प्रयोग गरिने यो विधि विश्वका विभिन्न देशहरुमा हजारौ मानिसहरुमा प्रयोग भैसकेको छ । नेपालमा पनि यो विधि लागु गरिएको बताइएको छ । हाल नेपालमा सिमित मान्छेमाथि यो विधि प्रयोग गरिएको र यसले नतिजा राम्रो दिइरहेको बताइएको छ । तर अलि धेरै सख्यामा मानिसहरुलाई प्रयोग गरेपछि मात्र यसले दिएको परिणाम कति भाग सकारात्मक भनेर विश्लेषण गर्न सकिने स्वास्थ्यविज्ञहरुको भनाई छ ।
उता अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोनाभाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएकोले अव मृत्यु दरमा ३५ प्रतिशतले कम हुने बताएका छन् । कोरानाको खोप बनिनसकेको अवस्थामा यो विधिले केही मात्रामा भएपनि मानिसहरुको मृत्युदर रोक्ने विश्वास गरिएको छ । यद्यपी यसविधीमा पनि केही शंकाहरु पनि छन्।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :