अधिकांश जिल्लामा कोरोना कफ्र्यु

काठमाडौँ : मुलुकका अधिकांश जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले कोरोनाविरुद्ध कफ्र्यु जारी गरेका छन् । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेपछि देशभर कोरोना भाइरस सङ्क्रमण ह्वात्तै बढेर थेगिनसक्नु भएपछि ३५ जिल्लामा पूर्ण रुरूपमा कफ्र्यु र १२ जिल्लामा आंशिक कफ्र्यु घोषणा गरिएको हो ।
कोभिड १९ जिल्ला सङ्कट व्यवस्थापन समितिको निष्कर्षअनुुसार प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा (कफ्र्यु) लागू गरेको गृह मन्त्रालयले जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषद्को निर्णयबमोजिम सङ्क्रमण बढी देखिएका जिल्ला र स्थानमा निषेधाज्ञा आदेश जारी गरिएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् ।
अब देशव्यापी एकैपटक लकडाउन नगर्ने सरकारी निर्णयअनुसार सङ्क्रमण देखिएका ठाउँमा अघोषित रूपमा लकडाउनसरह नै निषेधाज्ञा जारी गर्ने नीति लिइएको सरकारी अधिकारीहरूले बताएका छन् ।
आइतबारसम्ममा सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिराहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप र दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डँडेल्धुरा, कालीकोट, तेह्रथुम, संखुवासभा, रूपन्देही, चितवन र बैतडी जिल्लामा पनि पूर्ण रुपमा निषेधाज्ञा घोषणा गरिएको छ ।
नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बागलुङ, पश्चिम रुकुम र जाजरकोटमा भने आंशिक निषेधाज्ञा लागू गरिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :