नेपालमा एकै दिन ८१८ नयाँ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा ८१८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा मात्र १६६ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
काठमाडौँ जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ९३५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा २८१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या १८ हजार ६३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :